म्यानमार ‘कू’ : सेना नियन्त्रित कम्पनीमा प्रतिबन्ध लगाउँदै अमेरिका

  • ११४
  • बिहीवार, १२ चैत्र २०७७


वासिङ्टन । संयुक्तराज्य अमेरिकाले म्यानमार सेनाको नियन्त्रणमा रहेका दुई बहुराष्ट्रिय कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सैन्य ‘कू’को विरोधमा भएको प्रदर्शनमा हिंसात्मक हस्तक्षेप गरेपछि अमेरिकाले म्यानमारका उच्च सैनिक अधिकारीको स्वामित्वमा रहेका कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


म्यानमार इकोनमिक कर्पोरेसन ९एमईसी० र म्यानमार इकोनमिक होल्डिङ्स लिमिटेड (एमईएचएल)लाई कालोसूचीमा राख्दै यी कम्पनीका अमेरिकामा भएको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दैै समाचार संस्था रोयटर्सले जनाएको छ ।

निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले गएको फेब्रुअरी १ मा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत अन्य निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिई शासनसत्ता आफ्नो हातमा लिएको थियो । गत नोभेम्बरमा भएको उक्त निर्वाचनमा सूकीको पार्टी विजयी भएको थियो ।


सैन्य ‘कू’विरुद्ध भएको प्रदर्शन दमन गर्न सेना हिंसात्मक रुपमा प्रस्तुत हुँदा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि नै अमेरिका, बेलायत, क्यानडा र युरोपेली संघले म्यानमार सेनाका उच्च अधिकारीहरुमाथि केही प्रतिबन्धहरु लगाइसकेका छन् । लामो समयदेखि म्यानमारको अर्थव्यवस्था सेनाको नियन्त्रणमा छ । सेनाले होल्डिङ फर्म र सहायक कम्पनीमार्फत यहाँको मदिरा, चुरोट, टेलिकम, टायर, खनिज र रियल स्टेटमा ठूलो लगानी गरेको जनाइएको छ ।

प्रदर्शनकारीले सेनालाई आर्थिक रुपमा कमजोर बनाउन यहाँका ग्यास र तेल क्षेत्रमा समेत प्रतिबन्ध लगाउन आह्वान गर्दै आएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.