भक्तपुरका ध्रुव मधिकर्मी सहित डा. राजेन्द्र विमललाई सम्मानको घोषणा

  • १३३
  • बिहीवार, १२ चैत्र २०७७


काठमाडौं । लघुकथा समाज नेपालले साहित्यकार डा. राजेन्द्र विमल तथा ध्रुव मधिकर्मीलाई दुई भिन्न–भिन्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको समाजको केन्द्रीय समिति बैठकले ‘सावित्री केशर कथा सम्मान–२०७७’ बाट साहित्यकार विमललाई सम्मानित गर्ने निर्णय गरेको छ भने ‘बाटुली खिलध्वज लघुकथा सम्मान–२०७७’ बाट साहित्यकार मधिकर्मीलाई सम्मान गर्ने निर्णय गरेको छ । दुवै सम्मानका साथ नगद राशि १५ हजार १०१ रुपैयाँ समेत प्रदान गर्ने निर्णय गरेको समाजले जनाएको छ । उक्त दुवै सम्मान केही समयभित्रै स्रष्टाहरूलाई प्रदान गरिने समाजले जानकारी गराएको छ ।

लघुकथा समाजको बैठकले समाजको वाग्मती प्रदेशको प्रदेश शाखा संयोजकमा डा। विदुर चालिसेलाई चयन गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.