आमिर खानको स्वास्थ्यप्रति चीनको चिन्ता

  • १६
  • शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं । केही समयअघिदेखि भारतका कैयौं कलाकारलाई लगातार कोरोना संक्रमण भइरहेको छ । यो सूचीमा बलिउड सुपरस्टार आमिर खान पनि छन् ।

आमिरको प्रवक्ताले आमिरलाई कोरोना संक्रमण भएपछि उनी होम क्वारेन्टाइनमा रहेको पुष्टि गरिसकेका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आमिरको स्वास्थ्यलाई लिएर चीनमा रहेका उनका फ्यानहरुले चिन्ता व्यक्त गरेका छन् ।

आमिरका चिनियाँ फ्यानहरुले उनलाई कोरोना खोप लगाउन सल्लाह दिएका छन् । ‘आमिर खान सा’ब, के तपाईंले कोभिड-१९को खोप लगाउनुभयो रु’ भनेर उनका फ्यानहरुले सन्देश पठाइरहेका छन् ।

चीनका अधिकांश प्रान्त तथा सहरमा ठूलो मात्रामा निःशुल्क कोरोना खोप लगाउने अभियान चलेकाले पनि फ्यानले भारतमा यस्तो सुविधा छ या छैन भन्नेमा चासो देखाएका छन् ।

केही फ्यानले भने आमिरलाई चिनियाँ खोप लगाउन सल्लाह दिएका छन् । ‘के स्वस्थ भएपछि तपाईंले पनि चीनद्वारा उत्पादित भ्याक्सिन लगाउनुहुन्छ रु’ भनेर पनि सोधेका छन् । उनीहरुले आमिरलाई चाँडै स्वस्थ भएर नयाँ फिल्म निर्माणमा लाग्न आव्हान गरेका छन् ।

आमिरका अधिकांश फिल्मले चिनियाँ बक्स अफिसमा ठूलो सफलता पाउने गरेको छ । उनका फिल्महरु ‘थ्री इडियट्स’, ‘पीके’, ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ चीनमा सर्वाधिक रुचाइएका फिल्ममा पर्दछन् ।

फिल्म ‘दंगल’ ले चीनका प्रमुख थिएटरमा केवल २६ दिनमा १ अर्ब युआनको कमाई गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.