भारतमा कोरोना बढेपनि नेपालमा लकडाउन र विद्यालय बन्द नहुने : शिक्षा मन्त्री श्रेष्ठ

  • ११६
  • शनिबार, १४ चैत्र २०७७


भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भारतमा कोरोना संक्रमित बढेपनि नेपालमा भने लकडाउन नहुने र बिद्यालय पनि बन्द नहुने बताउनु भएको छ ।
भारतमा कोरोना संक्रमित दिनानुदिन बढेपछि नेपालमा स्वास्थ्य मन्त्रालय मार्फत गृह मन्त्रालयले देशै भरिका जिल्ला प्रशासन कार्यालय मार्फत भिडभाड नगर्न र कुनै पनि सभा समारोह नगर्न तथा सांस्कृतिक पर्व र जात्राहरु नमनाउन आग्रह गरेको थियो ।
भक्तपुरको मध्यपुर थिमीको २५ औं बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आज बोल्दै मन्त्री श्रेष्ठले भारत सँग सिमाना जोडिएका सिमा नाकाहरुमा कडाइ गर्ने निति सरकारले लिने तर नेपालमा अव लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने बताउनु भएको हो ।
नेपालमा पनि कोरोना भाइरस संक्रमण दर उच्च भएमा विद्यायलहरुमा दुई सिफ्ट गरि सावधानी अपनाएर पढाई गराउने उहाँको भनाई छ ।
कोरोना सँगै जिवनयापन गर्न सिक्नुपर्ने भन्दै उहाँले कोरोनाको औषधि घरका भान्सा भान्सामा रहेको बताउँदै यसको उपयोगमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमा मध्यपुर थिमीका खेलाडी द्धय एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह र कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो । कार्यक्रममा मध्यपुर थिमी नगरपालिका उत्कृष्ट कर्माचारी द्धय प्रेमलाल भासिमा र तुलसी भक्त तकोलाई समेत सम्मान गरिएको थियो । साथै लकडाउनमा सामुहिक भोजन खुवाउने सस्थालाई समेत सम्मान गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.