बंगलादेशसँग नेपालको बराबरी, दुवै टोली फाइनलमा

  • १०२
  • शनिबार, १४ चैत्र २०७७


काठमाडौं । त्रिदेशीय फुटबलअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । अब फाइलनमा नेपालले बंगलादेशसँग नै खेल्नेछ । फाइनल खेल दशरथ रंगशालमा आउँदो सोमबार हुनेछ ।

 

आजको खेलको २१औँ मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्ने अवसर चुकाए । उनले डीबक्सभित्रको बल हेड गरे पनि पोलको माथिबाट गएको थियो । २४औँ मिनेटमा अविशेक रिजालले दिएको पासलाई त्रिदेव गुरुङले डीबक्सभित्रबाट हाने पनि गोल भने हुन सकेन ।

खेलको ५९औँ मिनेटमा अन्जन विष्टले सिक्स यार्डबाट प्रहार गरेको बल बंगलादेशका गोलरक्षकले सहजै बचाएका थिए । ६४औँ मिनेटमा रन्जित धिमालले कर्नरबाट दिएको बल अविशेक रिजालले हेड गरे पनि गोलमा परिणत हुन सकेन ।


बंगलादेशले उद्घाटन खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.