चाँगुनारायण नगरपालिकाका वडाध्यक्षले कुटे सर्वसाधारण: घाईतेको उपचार हुँदै

  • १२०
  • सोमबार, १६ चैत्र २०७७

 


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्षले र एक जना स्थानीयलाई कुटपटि गरेको छन्। ३२ बर्षीय लक्ष्मण खिचाजुलाई सामान्य विवादमा वडा अध्यक्ष र विश्व खड्काले कुटपिट गर्दा उनी घाइते भएका छन । उनको उपचार अहिले भक्तपुरको कौशलटार स्थित भक्तपुर ईन्टरनेशनल अस्पतालमा भइरहेको परिवारका सदस्यले जानकारी दिएका छन । उनलाई मुख र टाउकोमा बढी चोट लागेको आफन्तको भनाई छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा पिखेलमा अध्यक्ष जयन्द्र खड्का र पूर्व सैनिक समेत रहेका विश्व खड्का र प्रकास लामिछानेले १४ गते शनिवार खिचाजुलाई मरनासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन्। वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजुलाई उनैको घर अगाडि पसलमा पार्किङमा राखेको गाडी जबर्जस्ती हटाउन खोजेका थिए। तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेको पीडितका दाजु राम खिचाजुले बताए। खिचाजुलाई सामान्य विवादमा नै वडा अध्यक्ष  विश्व खड्का र प्रकास लामिछानेले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन्।

घाइते हार्डवेर व्यवसायी हुन्। वडाध्यक्ष लगाएत तीन जना अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.