प्रचण्डको पुनरावलोकन निवेदन अस्वीकृत

  • ८६
  • बिहीवार, १९ चैत्र २०७७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम सम्बन्धमा गत फागुन २३ गते भएको फैसला दिएको पुनरावलोकन निवेदन अस्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना रहेको पूर्ण इजलाशले निवदेकको माग बमोजिम पुनरावलोकन हुन नपर्ने निर्णय गरेको छ ।

यो निर्णयसँग पुनरावलोकनको अध्याय टुङ्गिको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो । प्रचण्डले ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर सहित पुनरावलोकनको निवेदन दर्ता गराएका थिए ।

संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियमअनुसार प्रधानन्यायाधीश सहित ३ जनाको इजलाशले निवेदन हेरेको थियो ।

यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ । यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्ने व्यवस्था छ ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.