एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल

  • १२६
  • बिहीवार, १९ चैत्र २०७७

काठमाडौं । जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।

उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताए । उनका अनुसार परियोजनाले दुवै स्थानीय तहका सबै वडा समेटिएको छ । परियोजनाअन्तर्गत सङ्कटासन्न ४०० परिवारका दुई हजार लाभान्वित भएको रिमरेकका सचिव रमेश गौतमले जानकारी दिए । उनका अनुसार राहत सामग्री दुवै स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरमै वितरण गरेका थिए ।

“हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण गर्‍यौँ, दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ”, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भने । यसअघि गत माघमा सिबिएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक एक थान ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

रिमरेकको कोभिड-१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत भुम्लु गाउँपालिकाको १० वटा वडाका १०० र मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले रिमरेकको सहयोगले अपाङ्गता भएका व्यक्ति, एकल महिला र सुत्केरीलाई राहत पुगेको बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.