कादर खानका छोरा अब्दुलको निधन

  • ४२३
  • बिहीवार, १९ चैत्र २०७७

काठमाडौं । बलिउडका दिवंगत अभिनेता कादर खानको जेठी श्रीमतिपट्टिका छोरा अब्दुल दुद्दुसको क्यानाडामा निधन भएको छ । कादरका अब्दुलसहित सरफराज खान र सहनवाज खान गरी तीन छोरा छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार कादरका छोरा सरफराजबाहेक अन्य दुई छोराले फिल्म क्षेत्रमा कहिल्यै पाइला चालेनन् । कादर पनि आफ्ना छोरा फिल्म क्षेत्रमा आउन भन्ने चाहदैन थिए । तर सरफराजले भने आफ्नै बलबुताले फिल्म क्षेत्रमा पहिचान बनाएका थिए ।

सरफराजले सलमानका साथ फिल्म ‘तेरे नाम’ र ‘वान्टेड’मा अभिनय गरेका थिए । यसपछि उनले आफ्नै एक्टिङ एकेडेमी सञ्चालन गरे । जसमा उनले नयाँ केटाकेटीलाई अभिनयको कार्यशाला गराउछन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.