बालाजु बाईसधारामा खसालियो मेलम्चीको पानी

  • ११४
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् ।

योसँगै बालाजु-सोह्रखुट्टे-नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरू भएको छ ।

शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान सरकारले पूरा गरेरै छाड्ने बताए । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकारले जनपक्षीय कामलाई तिब्रता दिएको बताए ।

खानेपानी मन्त्री मणिचन्द्र थापासहितको टिमलाई विशेष धन्यवाद दिंदै मन्त्री मानन्धरले अब राजधानी उपत्यकालाई सफा र सुन्दर बनाउने बताए ।

कार्यक्रममा बालाजुका स्थानीयबासीले खुशीयाली मनाएका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.