रिलिज अघि नै ९ सय करोडमा बिक्यो ‘आरआरआर’

  • ३४४
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’को नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा विक्री भएको छ ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार राजामौलीको यो फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले १ सय ४० करोडमा किनेको छ । यो डिलसँगै ‘आरआरआर’को टोटल प्री-रिलिज व्यापार(फिल्म रिलिज हुनुअघिको व्यापार) ९ सय करोडमा पुगेको छ ।

यो फिल्मले प्री–रिलिज बिजनेसको कामलामा ‘बाहुबली’लाई पछि पारेको छ । राजामौलीकै फिल्म ‘बाहुबली २’ले रिलिज अघि करिब ६ सय करोड रुपैंयाँको अल टाइम रेकर्ड बिजनेस बनाएको थियो ।

विश्वभर ‘आरआरआर’को थिएट्रिकल राइटस ५ सय ७० करोडमा बिक्री भएको छ । फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, सेटलाइट र डिजिटल राइट्स ८ सय ९० रुपैंयाँमा बिक्री भएको छ ।

फिल्ममा जुनियर एनटीआर, राम चरण तेजा, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.