काखी गन्हाएर हैरान हुनुहुन्छ ?

  • १८७
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै शरीरबाट पसिना आउने गर्दछ । जसले कारणले शरीरबाट दुर्गन्ध आउँछ । यो यस्तो समस्या हो जसबाट ठुलो संख्यामा मानिसहरु पीडित छन् । काखीबाट दुर्गन्ध आउनु खासै ठुलो कुरा भने होइन । तर यदि शरीरबाट वरपर बसेका मानिसलाई सकस पार्ने, बेहोस होला जसरी गन्हाउने गन्ध आउँछ भने यसले आत्माबल पनि कमजोर बनाउँछ।

शरीरबाट दुर्गन्ध नओस भनेर मानिसहरु शरीरमा परफ्युम । डेओडोरेन्टको प्रयोग गर्ने गर्दछन् । तर, परफ्युम र डेओडोरेन्टको सुगन्ध निश्चित समयपछि शरीरबाट उड्छ साथै तिनका अधिक प्रयोगले शरीरमा एलर्जी र अन्य थुप्रै त्वचा सम्बन्धी रोगहरु पनि हुन् सक्छ । तसर्थ शरीरबाट निस्कने दुर्गन्ध हटाउनको लागि यस्ता कुराको प्रयोग गर्नुहोस् ।

-हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेवन गर्दा पनि शरीरबाट दुर्गन्ध हट्छ ।

-चिल्लो र धेरै मसालेदार खाना खादाँ पनि शरीरबाट दुर्गन्ध आउने गर्दछ । त्यसकारण सागपात र ताजा फलफुल सेवन गर्ने । यसले तपाईको पाचन प्रणालीलाई दुरुस्त राख्नुको साथै शरीरबाट दुर्गन्ध आउने समस्या पनि हटाउँछ।

-नुहाउने समयमा काखीमा कागतीको टुक्राले हल्का-हल्का करिब १० मिनेटसम्म रगड्ने । त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्ने।

-जुनारको सेवन गर्नाले शरीरबाट दुर्गन्ध गायब हुनुको साथै त्वचा सम्बन्धी सबै विकार हटाउँछ।

-एप्पल साइडर भिनेगरको सेवनले पनि शरीरको दुर्गन्ध हटाउन सकिन्छ। जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले एप्पल साइडर भिनेगर सेवन गर्न आवश्यक छ । यसको सेवनले शरीरको ब्याक्टेरिया नष्ट हुनुको साथै कम पसिना आउँदछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.