वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन

  • ९४
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । हरित नेपालले देशमा लागेको डढेलो तथा वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ।

‘वातावरण मन्त्रालय हराएको सूचना’ सहित प्रदर्शनकारी सिंहदरबारको पश्चिम गेटमा पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।

सिहंदरबार अगाडि पुगेका १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । देशभर बिहीबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो । केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ । बुधबारभन्दा बिहीबार कम आगलागी भएको छ । बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो ।

बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.