कैलालीमा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुरु

  • ८१
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आज (शुक्रवार)देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु भएको छ ।

कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान शुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । ९ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए ।

उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म निवारण हुन सकेको छैन् । ८ औँ पटक सम्म औषधी खुवाउदा समेत जिल्लामा हात्तीपाइले निवारण हुन नसकेकोले नवौं चरणको यस अभियानमा सबै जिल्लाबासीलाई सहभागी भैदिन आग्रह गरेका छौ ।’

सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म निवारण हुन सकेको छैन । जिल्लावासीहरुलाई हात्तीपाइलेको औषधि खाएर अभियान सफल बनाइदिन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.