सुरु भयो प्रतिकेजी एक लाख पर्ने तरकारी खेती

  • २१८
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । कुनै पनि तरकारीको मूल्य प्रतिकेजी एक लाख भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर अब यो अचम्मलाई भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले सामान्य बनाइदिएका छन् ।

उनले यस्तो एउटा तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा १ लाख भारु प्रतिकिलो रहेको छ ।

उक्त तरकारीको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक सुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।

भारतका एक जना आईएस अफिसरले बिहीवार सबैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्विटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।

उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तीर्ण ३८ वर्षीय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकी छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । एजेन्सी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.