उभिएन भक्तपुरमा बिस्का जात्राको ५५ हाते योसिं द्यो : आजै उभ्याउने आजै ढालिने

  • ५०३
  • बुधबार, १ बैशाख २०७८


भक्तपुर । भक्तपुरको विस्का जात्रा अन्तर्गत नयाँ बर्षको पुर्व सन्ध्यामा उभ्याउने ५५ हाते लामो योसिं द्यो लिंगो उभ्याउन सकेको छैन ।
प्रत्यक बर्षको अन्तिम दिन उभ्याएर नयाँ बर्षको साँझा लिंगो ढालिने प्रचलन छ ।
तर विस्का जात्राको प्रमुख अकर्षण रहेको भक्तपुरको भेलुखेलमा उभ्याइने ५५ हाते लामो लिंगो हजारौं जात्रालुको प्रयासमा पनि हिजो उभ्याउन नसकेको हो । हिजो जात्रालुविच तालमेल नमिल्दा र लिंगो उभ्याउन प्रयोग हुने डोरी चुडिएर कम्जोर भएपनि लिंगो उभ्याउने जात्रा नभएको हो । लिंगो नभिदाँ भक्तपुरका अन्य जात्राहरु समेत प्रभावित बनेको छ ।
लिंगो उभ्याउने क्रममा उछितिएर दुई जाना घाइते भएपछि जात्रा स्थगन गरिएको थियो । जसमध्ये एक जानाको लिंगोले च्यापिएर छातीमा गम्भिर चोट लागेको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी एवं डिएसपी दिपक गिरिले जनाएको छ । राति स्थगन गरिएको जात्रा आज पुन संचालन गर्ने गुठी संस्थान भक्तपुरको प्रमुख आनन्द कर्माचार्यले जनाएको छ । कर्माचार्यले आज लिंगो उभ्यान नयाँ डोरी पठाएको बताए । नयाँ बर्षको पहिलो दिन आजै भेलुखेलमा लिंगो उभ्याइने र आज साँझनै विधिपुर्वक ढालिने प्रमुख कर्माचार्यले बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.