मध्यपुर थिमी : बिस्का जात्रा अन्तर्गत सिन्दुरे जात्रा मनाइदै

  • ८१
  • बिहीवार, २ बैशाख २०७८

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा विस्का जात्रा अन्तर्गत मुल देवताको खट सहित सिन्दुर जात्रा उल्लासका साथ मनाईरहेको छ ।
प्रत्येक नयाँ बर्षको दोस्रो दिन बैशाख २ गते थिमि नगरमा विभिन्न वाजगाजा सहित टोल टोलमा निस्किएर एकले अर्कालाई सिन्दुर दलेर विस्का जात्रा मनाउने गर्दछ ।
जात्रामा थिमी क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेको छ । तर बिभिन्न विवादका कारण २०५६ साल देखि नगदेश,बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खटले मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाएको छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउन टोल टोलमा जात्रालु निस्किएर बालकुमारी मन्दिर परिषरमा आउने गरिन्छ । जात्रा जात्रालुहरुले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने र एक आपसमा समेत सिन्दुर दल्ने गर्दछ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
त्यसैगरी आज दिउसो थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाईन्छ ।
यस पटक पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउने भएको छ । गत बर्ष कोरोना माहामारीका कारणले मध्यपुर थिमीमा पनि विस्का जात्रा अन्तर्गतका सवै जात्राहरु रोकिएका थिए । तर यस बर्ष मध्यपुर थिमी नगरपालिकाले जात्रा संचालन गर्न सुचना जारी गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.