कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट

  • ६४
  • बिहीवार, ९ बैशाख २०७८

काठमाडौँ | डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा भने १६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाविरुद्धको खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।

उनले २ छक्का प्रहार गरेका थिए । मोहम्मद वाफिकको बलिङमा सियद अजिजले उनलाई क्याच आउट गरेका हुन् ।

पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एक सय स्थानभित्र पनि अटाएका छन् ।

मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.