नेपाल र इराकबीच मैत्रीपूर्ण खेल !

  • ७३
  • सोमबार, १३ बैशाख २०७८

काठमडौं । एसियाली फुटबलमा खाडी मुलुक बलिया छन् । एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी एसियन कपको १७ संस्करण आयोजना हुँदा नौ पटक खाडी क्षेत्रका टिम च्याम्पियन बनेका छन् । च्याम्पियन बन्ने सूचीमा इराक पनि पर्छ ।

त्यही इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ । सन् २००७ को एएफसी कप जितेको इराकले आफ्नो फेसबुक पेजमा आउँदो मेमा नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको हो ।

नेपाल जस्तै विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेलिरहेको इराकले नेपालसँग बासरा रंगशालमा खल्ने जानकारी दिएको छ । यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने यसबारेमा केही बताएको छैन । इराकबाट प्रस्ताब भने आएको र छलफल भइरहेको बताइएको छ ।

विश्वकप तथा एसियन कप छनौटको समूह बीमा रहेको नेपाल पाँच खेलबाट तनि अंक बनाउँदै पाँचौँ स्थानमा छ । नेपालले अब अस्टेलिया, जोर्डन र चाइनिज ताइपेइसँगको खेल कुवेतमा खेल्नेछ ।

उता इराक समूह सीको पहिलो स्थानमा छ । पाँच खेलबाट ११ अंक बटुलेको इराकले अब इरान, कम्बोडिया र हङकङसँग एक-एक खेल खेल्नेछ । ती सबै खेल बहराइनमा हुनेछन् ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.