बियोन्से र राजनराजको स्वरमा ‘ल्यासे पाउँ’ सार्वजनिक

  • ३०६
  • शुक्रबार, १७ बैशाख २०७८


काठमाडौं । ‘फुलबुट्टे सारी’ गीतको सफलतापछि संगीतकाररगीतकार राजनराज शिवकोटी नयाँ गीतका साथ प्रस्तुत भएका छन् ।

धेरै वर्षअघि आएको गीतको गत वर्ष सार्वजनिक भएका मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन र युगान्डाकी गायिकाले गाएको कभर भर्सनले निकै चर्चा बटुलेको थियो ।

 

तिनै युगान्डाकी गायिका द क्याप्टेन बियोन्से फाम्सेसँग मिलेर शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका हुन् । ‘ल्यासे पाउँ’ बोलको रमाइलो गीतमा बियोन्से र राजनराज आफैँले आवाज दिएका छन् । गीतको भिडियोमा पनि उनीहरु दुवै फिचर्ड छन् । संगीत पनि शिवाकोटीकै छ ।

मन्दिरा ढुंगेलको शब्द रहेको यस गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

कबचदयततबm अझभलत
गीतको टाइटल नेवारी शब्द हो । नेवारीमा ल्यासेको अर्थ युवती र पाउँको अर्थ तितौरा भन्ने हुन्छ । युवतीहरुले धेरै रुचाउने भएकाले तितौरालाई ल्यासे पाउँ भनिएको हो ।

आफ्नो दोस्रो नेपाली गीत सुनेर माया गरिदिन अफ्रिकी गायिका बियोन्सेले अनुरोध गरेकी छन् ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.