देश चिनाउने अर्को यात्राका लागि सांगीतिक यात्रा छोड्दै नितेश

  • १६९
  • आइतबार, १९ बैशाख २०७८

काठमाडौं । अघिल्लो साता गायक नितेशजंग कुँवरले सांगीतिक क्षेत्र छोड्ने घोषणा गरे । उनको यो घोषणाले शुभचिन्तक निक्कै निराश भए । उनले सांगीतिक क्षेत्रबाट टाढा रहने जानकारी गराएपनि के कारणले सांगीतिक क्षेत्र छाड्दैछु भन्ने खुलाएनन् । उनको यो अपुष्ट घोषणाले उनका शुभचिन्तक झन धेरै अन्योलमा परे । उनले सांगीतिक क्षेत्र छोड्नुको कारण सोधे ।

आफ्ना शुभचिन्तकले चिन्ता व्यक्त गरिरहेपछि गायक कुँवरले सांगीतिक क्षेत्र छाड्नुको कारण खुलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘एउटा ठाउँसम्म पुगेर अझ केही गर्नु छ भनेर नेपाली सांगीतिक यात्रा छोड्नु परेको हो ।’ उनले देशलाई चिनाउने अर्को कुनै यात्रामा निस्कन लागेको संकेत समेत भिडियो सन्देशमा दिएका छन् । भनेका छन्, ‘देशलाई चिनाउनका लागि केही राम्रो गरिएको र काममार्फत देखाउने छु।’

उनले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशले उनी अन्र्तराष्ट्रिय सांगीतिक यात्रामा निस्कन लागेको संकेत दिएको छ । भिडियोमा उनले आफूलाई माया गर्ने सबैलाई धन्यबाद दिएका छन् । उनको भिडियो हेरेपछि धेरैले आगामी यात्राका लागि शुभकामना दिएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.