संविधान कुल्चेर गरिएको मुख्यमन्‍त्रीको नियुक्ति कांग्रेसले स्वीकार्दैन :कोइराला

  • ५५
  • सोमबार, २० बैशाख २०७८

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लुम्बिनी प्रदेशमा एमालेले संविधान मिचेर सत्ताको नांगो नाँच प्रदर्शन गरेको टिप्पणी गरेका छन्।

कोइरालाले लुम्‍विनीको राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै कोइरालाले संविधानमाथिको यस्तो नांगो नाँच कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। उनले भने, एमालेको बलमिच्याइँ,जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।
गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ गराइएको बताउँदै उनले भने, गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ।

जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा ८१ जना सांसद कायम भएपछि अविश्‍वास प्रस्तावलाई तुहाउन नयाँ खेल खेलेका थिए। आइतबार बिहान अचानक राजीनामा दिएर एकल बहुमतको मुख्यमन्‍त्रीका लागि पुनस् दाबी गरेका थिए। प्रदेशसभाका बहुमत सांसदको समर्थन आफूलाई रहेको दाबी पोखरेलले प्रदेश प्रमुख समक्ष गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए। उनीहरूले बहुमत सांसद शशरीर उपस्थित रहेको भन्दै मुख्यमन्‍त्रीको शपथ रोक्न प्रदेश प्रमुखको कार्यलयमा धर्ना दिएका थिए। धर्नाकै बीच प्रदेश प्रमुख मुख्यमन्‍त्रीको कार्यलय पुगेर पोखरेललाई पुनस् मुख्यमन्‍त्रीको शपथ खुवाएका थिए।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.