शय्या लुकाउने अस्ताललाई कारबाही हुन्छ : प्रधानमन्त्री

  • ७७
  • सोमबार, २० बैशाख २०७८

काठमाडौँ । सरकारी तथा निजी अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि आफूसँग उपलब्ध शय्या लुकाएमा कारबाही हुने भएको छ ।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपलब्ध शय्या लुकाउने अस्पताललाई कारबाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले पूरा विवरण नपठाइ शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।’ उनले भने ।

यसका साथै, अब सबै सरकारी तथा निजी अस्पतालले आफू कहाँ उपलब्ध शय्यामध्ये प्रयोग भएका र नभएका शय्याको दैनिक विवरण अध्यावधिक गर्नु पर्ने छ ।

उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.