मेक्सिकोमा पुल भत्किँदा १५ को मृत्यु, ३४ घाइते

  • १४६
  • मंगलवार, २१ बैशाख २०७८

काठमाडौँ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सब वे पुल भत्किँदा कम्तिमा १५ जना घाइते भएका छन् ।

सोमबार उक्त पुल आंशिक रुपमा भत्किँदा अरु ३४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

मेयर क्लाउडिया शेइनबमका अनुसार घटनास्थलबाट उद्वार गरिएकाहरुको उपचार भइरहेको छ । घाइते ३४ मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । पुल भत्किँदा रेल समेत सडकबाट तल खसेको थियो । जहाँबाट उद्वार गरिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

पुल कसरी भत्कियो भन्नेबारे विस्तृतमा खोजी भएको छैन । सरकारले घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.