मेसु सहित तीन जना चिकित्सकले चाँगु नारायण नगरअस्पतालका चिकित्सकको राजिनामा

  • ४९८
  • बिहीवार, २३ बैशाख २०७८


भक्तपुुर । भक्तपुरको चाँगु नारायण नगरअस्पतालका तीन जना चिकित्सकले राजिनामा दिएका छन् । कोरोना भाइरस माहमारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले नगर अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर अस्पताल सँचालनको तयारी गरेको थियो । अस्पतालले १० शैयाको अक्सिजन सहितको कोभिड अस्पताल सूरु गर्न सम्पूण तयारी पूरा गरिसकेको प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले बताए । तर विरामी राख्नै नपाउदै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट सहित तीन जना चिकित्सकले बुधवार राजिनमा दिएका हुन ।
नगर अस्पताल संचालनका लागि मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत कुमार दास , सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्ती दिएको थियो । अस्पतालवाट राजिनामा दिएका मेसु डाक्टर रञ्जीत कुमार दासले अस्पतालमा काम गर्ने बातावण नहुँदा राजीनामा दिएको बताए । आफूहरु करारका डाक्टर भएकाले कर्माचारीले पनि पेल्ने गरेका कारण अस्पतालमा बस्न सक्ने अवस्था नरहेको डाक्टर दासको भनाई थियो । कोरोना संक्रमितको उपचार गर्न डराएर आफूहरुले राजीनामा नदिएको उनीहरुको दावी छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.