काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र राधे बिहीबार ९आज०देखि डिसहोम सिनेमाघर च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ ।
दबङ भाइजान सलमान खानको यो चलचित्र ३२५ मा स–परिवारले हेन सकिने छ ।
लामो समयदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकका लागि राधे’ ले पण मनोरञ्जन प्रदान गरेर कोभिडको महामारी केही समय रमाइलो अनुभूति गराउनेमा डिसहोम सिनेमाघर १०८ का सम्पादक दयाराम पाण्डेय बताउँछन् ।
यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ । राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ ।
प्रभु देवाले निर्देशन गरेको राधेमा अभिनेता सलमानका साथ दिशा पटानी, जैकी श्राफ, रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।