राष्ट्रपतिद्वारा दुई वटा अध्यादेश जारी

  • ४१
  • बिहीवार, ६ जेठ २०७८


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धार ११४ को उपधारा (१) बमोजिम उनले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएपछि सोही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.