काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावती प्रधानमन्त्री र राष्ट्रपतिलाई दिएका छन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरेकी छन् शनिबार बिहान सबेरै ।
कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत त्यसमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ १ संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
उनले अर्को ट्वीटमा लेखेका छन्, ‘ महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि १ इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’
उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।
यस्तै नेकपा माओवादीका नेता वर्षमान पुनले संसद विघटन र मध्यावधी चुनावको घोषणालाई प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको ‘मध्यरातको डकैती’ का रुपमा परिभाषित गरेका छन् ।