कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै भक्तपुर कांग्रेसद्वारा दिप प्रज्वलन

  • १६६
  • शनिबार, २२ जेठ २०७८


भक्तपुर । नेपाली कांग्रेसले भक्तपुरका ३८ वटै वडाभित्रका एक सय आठ मन्दिरहरुमा कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै आज पूजा अर्चनासहित सवाँ लाख दिप प्रज्वलन गरेको छ ।
भक्तपुर कांग्रेस क्षेत्र नं. १ र २ को आव्हानमा कोरोना संक्रमण जित्नुभएकाहरुलाई शुभकामना दिँदै संक्रमितहरुको स्वास्थ्य लाभको कामनाका लागि मन्दिरहरुमा पुजा आर्चना सहित दिप प्रज्वलन गरेको गरिएको हो । दिपप्रज्वलन कार्यक्रमको समापन चाँगुनारण मन्दिरमा गरिएको थियो । दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, प्रदेश सभा सदस्य कृष्णलाल भँडेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री, नारायण खायमली र महाधिवेशन प्रतिनिधि राजाराम खड्का लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.