चुरे दोहनमा पूर्व र बर्तमान सरकारहरु जिम्मेवार

  • १०२
  • शनिबार, २२ जेठ २०७८


भक्तपुर ।  नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे दोहनमा पूर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको बताएका छन । चुरे दोहनमा विदेशी स्वार्थ रहेको समेत अध्यक्ष विजुक्छेको भनाई थियो । चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको भन्दै अध्यक्ष विजूक्छेंले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरु लथालिंग रहेको बताए । यस्तै परिपाटीका कारण मन्त्रीहरु कमिसनको चलखेल व्याप्त रहेको उनको भनाई थियो । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदनको अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष विजूक्छेंले सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको बताए ।
गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए । दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास सचिव सूवालले विश्वस व्यक्त गरे ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.