बानेश्वरमा स्कुटरलाई ठक्कर दिने सशस्त्रका चालकलाई कारबाही : ५ सय रुपैयाँ जरिवाना

  • १०२४
  • सोमबार, १८ चैत्र २०७५

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यान चालकलाई ट्राफिक प्रहरीले कारबाहीको दायरमा ल्याएको छ । भीआइपी सवारी स्कर्टिङमा शुक्रबार नयाँ बानेश्वर चोकमा स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरीको भ्यानका चालक सन्तोष घिमिरेलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । शुक्रबार चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको पछुवा भ्यानले राजधानीको नयाँ वानेश्वरमा स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।

भ्याले बा ४५ प २९३४ नम्बरको स्कुटीलाई दायाँबाट ओभरट्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।

नयाँ बानेश्वर सडक खण्डमा भएको दुर्घटनामा संलग्न बा १ झ ९५२७ को सवारी चालकले लापरबाहीका साथ सवारी चलाएको हुँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी ऐन बमोजिम कारबाही गरेको हो ।


महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले चालक घिमिरेलाई लापरबाही गरेर सवारी चलाएको कसुरमा कारबाही गरेको हो ।चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।

“यसअघि सशस्त्र प्रहरी र स्कुटी चालक आपसी सहमतिमा मिल्ने गरी यो केस ट्राफिकमा आएको थिएन,” महाशाखाका असई निरज थापाले भने, “त्यहाँबाट स्कुटी चालकले कारबाहीको माग राख्दै यहाँ आएपछि भ्यान चालक सन्तोष घिमिरेलाई कारबाही गरिएको हो ।”

 

 

 

 

 

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.