सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल जारी

  • १४०
  • शुक्रबार, २८ जेठ २०७८


काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग आयोजना गर्नु भएको छलफल जारी छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले छलफलका लागि आमन्त्रण गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।

सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् । सभामुखले प्रधानमन्त्रीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी नभएका हुन् ।

सभामुखले यसअघि कानुन व्यवसायी, पूर्वसभामुख लगायतसँग छलफल गरिसकेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.