साबिक विजेता पोर्चुगल जर्मनीसँग स्तब्ध , पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

  • १२४
  • आइतबार, ६ आषाढ २०७८


१६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १(१ गोलको बराबरी खेलेको हो ।


सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो ।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे ।

 

तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १(१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन् ।

यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

 

यससँगै समूह ुई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।
शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ ले हरायो । पोर्चुगल पराजित हुँदा समूह चरणको समीकरण अझै रोमाञ्चक भएको छ ।

 

एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एकरएक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डर रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका थिए ।

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एकरएक गोल फर्काए ।

समूह ‘एफ’मा जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले दुई खेलबाट ३ अंक जोडेको छ । पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले दुई खेलबाट ३ अंक जोडेको छ ।

पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.