काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी

  • ३९६
  • आइतबार, ६ आषाढ २०७८


काठमाडौँ। काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरकरफरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ । यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटकरपटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाताका दैनिक ३ हजार वा सोभन्दा बढीमा संक्रमण देखिएकोमा अहिले उपत्यकामा दैनिक संक्रमित संख्या पाँच सय हाराहारीमा छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.