नेप्से ६३ दशमलब २८ अंकले घट्यो, करिब १२ अर्बको कारोबार

  • १२२
  • आइतबार, ६ आषाढ २०७८


काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार ठूलो अंकले घटेको छ । कारोबार शुरु भएको केही मिनेटसम्म उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बजार बन्दा हुँदा उच्च अंकको गिरावट आएको छ ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेर बजार समूहगत सबइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलब ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने यस अघिको कारोबार भन्दा थोरै सुधारिएको छ । गत बिहीबार ११ अर्ब भन्दा कमको कारोबार भएकोमा आइतबार भने करिब १२ अर्बको कारोबार भएको छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ कारोबारबाट २३० कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.