पेरुसँग कोलम्बिया पराजित

  • १५०
  • सोमबार, ७ आषाढ २०७८


एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ ।

सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।


खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भयो ।


यस जितसँगै समूह "बी" को पेरुले २ खेलमा ३ अंक जोडेको छ । पेरु समूहको तेस्रो स्थानमा रहेको छ ।

कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

बराबरीसँगै चौंथो स्थानको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ ।

पुछारको इक्वेडरले २ खेलमा १ अंक जोडेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.