युरोकप : सेमिफाइनलको पहिलो खेल आज

  • १४५
  • मंगलवार, २२ आषाढ २०७८


काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज ९मंगलबार० राति हुँदैछ । प्रतियोगिताको सेमिफाइनल खेल आज हुन लागेको हो ।

वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । दुई टोलीबीचबको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै आफूलाई फाइनलमा पुर्याउने योजनामा हुनेछन् ।

 


युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपकट युरोकप फुटबलको उपाधि जितेको छ ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यता, इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो उपाधि नजिक पुग्न इटालीलाई आजको खेल जित्नै पर्नेछ ।

युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुईपटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.