बायर्न बराबरीमा रोकियो

  • ९८
  • शनिबार, ३० साउन २०७८


काठमाडौं । साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बराबरी खेलेको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

 

बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा १ अंक पाएको छ । मोन्चेनग्लाडबाखले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेको बायर्नले यो सिजन कमजोर सुरुवात गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.