डर्टमण्डको उत्कृष्ट सुरुवात

  • ८९
  • आइतबार, ३१ साउन २०७८


काठमाडौं । बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले हरायो ।

डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरे ।


फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे । जितसँगै डर्टमण्डले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

फान्कफर्टले भने हारबाट सिजनको सुरुवात गरेको छ । गत सिजन डर्टमण्डले कमजोर प्रदर्शन गरेको थियो । तर, यो सिजनमा भने उत्कृष्ट सुरुवात गरेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.