अफगानी राष्ट्रपति घानीले देश छोडे

  • १७०
  • आइतबार, ३१ साउन २०७८

काठमाडौं। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यता, तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।

द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।

शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् ।

उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.