चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर सहयोग गर्ने

  • ७६
  • बिहीवार, २४ भाद्र २०७८


काठमाडौं । चीनले अफगानिस्तानलाई खाद्यान्न आपूर्ति र कोरोनाभाइरसविरुद्धको खोपसहित २०० मिलियन युआन ९३१ मिलियन डलर० सहयोग गर्ने वाचा गरेको छ ।

पाकिस्तान, इरान, ताजकिस्तान, उज्वेकिस्तान र तुर्कमिनिस्तानको समकक्षीसँग बुधबारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

 

त्यसअघि, बेइजिङले तालिबानले सरकारको घोषणा गर्नु ‘व्यवस्था पुनःस्थापना गर्न आवश्यक कदम’ भन्दै उसँग सञ्चार कायम राख्न तयार रहेको जनाएको थियो ।

विदेशमन्त्री यीले चीनले अफगानिस्तानलाई कोभिडविरुद्धको ३० लाख डोज खोप पनि उपलब्ध गराउने बताए । उनले आफगानिस्तानलाई सहयोग गर्न ती देशहरूलाई आह्वान गरेका छन् ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.