एमसीसी उपाध्यक्षसँग ओलीले भने– सरकारमा हुँदा प्रयास गरेकै हौँ, अहिले प्रतिपक्ष भइसक्यौँ

  • १४२
  • बिहीवार, २४ भाद्र २०७८


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताएका छन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा ओलीले आफूहरू अहिले प्रतिपक्षमा भएकाले अहिले केही गर्न नमिल्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

“हिजो हामी सरकारमा हुँदा हामीले अगाडि बढाउने प्रयास गरेका हौँ । सरकारकातर्फ हामीले संसद्मा टेबुल गरिसकेका थियौँ । तर, त्यहाँ सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारणले यो हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ ।


नेपालको चारदिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.