ओलीको रिट सर्वोच्चको हेर्न नभ्याइने सूचीमा

  • ८७
  • सोमबार, २८ भाद्र २०७८

काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सभामुख र निर्वाचन आयोगविरुद्ध दायर रिट हेर्न नभ्याइने सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।

माधव नेपालसहित पार्टीले कारबाही गरेका १४ सांसदको कारबाहीको सूचना नदिएको भन्दै सभामुखविरुद्ध र कारबाहीमा परेका केन्द्रीय सदस्यलाई सनाखत गराएर दलको मान्यता दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरी अन्तरिम आदेश माग गरेको भएपनि प्रधानन्यायाधीशको इजलासबाट अन्तरिम आदेश दिनुनपर्ने आदेश भएको थियो ।

निर्वाचन आयोगसँग लिखित जवाफ मागेको आदेशमा सभामुखका तर्फबाट पनि उपस्थित गराउने आदेश भएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.