पहिरोको अवलोकनमा पुगेका बुटवलका मेयरमाथि कुटपिट

  • १२५
  • सोमबार, ४ आश्विन २०७८


बुटवल । पहिरोको अवलकोन गर्न ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयबासीले कुटपिट गरेका छन् ।

पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीलाई आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

स्थानीयले मेयरमाथि गरेको हातपातबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर दुई साताअघि क्षतिग्रस्त भएका थिए । प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग नगरेको भन्दै स्थानीयवासी सरकारी पक्षसँग रुष्ट छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.