शेयर बजारमा ३२ अंकको गिरावट

  • ११३
  • बिहीवार, १४ आश्विन २०७८


काठमाडौँ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२।५१ अंकले घटेर २६३३।४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६।४१ अंकले घटेर ४९७।०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.