प्रचण्डबारे ओलीको विश्लेषण : कार्यकारी अधिकार पाएपछि निवासलाई पार्टीको हेडक्वाटर बनाए

  • ९४
  • शुक्रबार, १५ आश्विन २०७८


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएपछि आफ्नो निवासलाई पार्टीको हेडक्वाटर बनाएको विश्लेषण गरेका छन् । शुक्रबार सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डबारे यस्तो विश्लेषण गरिएको हो ।

२०७४ को आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लडे पनि चुनावी परिणामपछि प्रचण्ड एमाले नेतृत्वको सरकारको पक्षमा नरहेको ओलीको विश्लेषण छ । संसदमा रहेको सबैभन्दा ठूलो मधेश केन्द्रित दलले संसदको सबैभन्दा ठूलो पार्टीलाई विपक्षमा राख्न नहुने बताएपछिमात्र बाध्य भएर एमाले नेतृत्वको सरकार स्वीकार गरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको भन्दै सरकारका कामको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । सरकारले तिब्ररुपमा काम गरिरहेका बेला पार्टीमा किचलो निकालिएको उनले बताएका छन् । प्रचण्डले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने नीति लिएकोसमेत उल्लेख गरेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.