कम्युनिस्ट-मधेसवादी मिले पनि बहुमत ल्याउँछौँ : थापा

  • १०८
  • शनिबार, १६ आश्विन २०७८


काठमाडौँ: नेपाली काँग्रेसका नेता गगन थापाले जनतासँग गरिएका भरोसा पूरा गर्न सक्ने नेतृत्व पार्टीमा आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतासँग गरिएका बाचाँ पूरा गर्न सक्ने आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

काँग्रेसले यथास्थितीमा जनताको विश्वास जित्न नसक्ने बताउँदै थापाले भने, ‘हामीलाई जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ ।’

जनताको भरोसायोग्य कांग्रेसका लागि सही नेतृत्व चयन गर्न जरूरी रहेकाले वडा तहबाटै पार्टीभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको उनले बताए ।

आगामी तीन तहको निर्वाचनबाट कांग्रेस ठूलो दल बन्ने दाबी गरेका थापाले भने,’काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले पनि कांग्रेसले जित्ने गरी काम गर्नुपर्छ ।’

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.