नेप्से २५७० अंकमा झर्‍यो

  • ७८
  • सोमबार, १८ आश्विन २०७८


काठमाडौं । सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उताचढावबीच सामान्य गिरावट भएर बन्द भएको छ । सोमबार नेप्से ६.६८ अंकले गिरावट हुँदा २५७०.८१ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज नेप्सेमा ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरद बिक्री हुँदा ३ अर्ब ६२ करोड ७८ लाखको कारोबार भएको छ । आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङसहितका अधिकांस उपसूचक गिरावट हुँदा होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचक भने बढेको छ ।


लघुवित्त उपसूचकमा सर्वाधिक १.४७ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक १.२९ प्रतिशतले, होटल तथा पर्यटन उपसूचक ०.४३ प्रतिशत र जीवन बिमा उपसूचक ०.०४ प्रतिशतले बढेको छ ।

यता, वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.४७ प्रतिशतका गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.४ प्रतिशत, विकास बैंक उपसूचक १.८७ प्रतिशत र बैंकिङ उपसूचक ०.२१ प्रतिशतले गिरावट भएको छ ।


आज नेप्सेमा युनायटेड मोदी हाइड्रोपावरको सर्वाधिक १२ करोडको कारोबार हुँदा नेपाल बैंकको ११ करोड, हिमालयन डिस्टिलरीको १० करोड, नेशनल हाइड्रोपावरको साढे ९ करोड र रैराङ हाइड्रोपावरको ९ करोडभन्दा माथिको कारोबार भएको छ ।

बजार पवरिसूचक र कारोबार रकम लगातार घटिरहेको बजारमा आज १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा १०९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६९ कम्पनीको मूल्य बढेको छ ।

यस्तै, ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबारमा आएकामध्ये आशा लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ९.८३ र महिला लघुवित्तको सेयरमूल्य ९।०८ प्रतिशतले बढेको छ ।

यता, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले गिरावट हुँदा दिव्येश्वरी हाइड्रोपावरको सेयरमूल्य ७.१९ प्रतिशत र राधी जलविगद्युत् कम्पनीको सेयरमूल्य ६.५७ प्रतिशतले घटेको छ ।

त्यस्तै माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ६.२३ प्रतिशत र ङ्यादी ग्रुप पावरको सेयरमूल्य ६.०८ प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.