नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

  • १२६
  • मंगलवार, १९ आश्विन २०७८


काठमाडौं । सुमन लामा, अञ्जन विष्ट र आयुष घलानको गोलमा नेपालले आज साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–२ ले हराएको छ । लगातार दोस्रो जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

दुई खेलबाट ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ । एक अंक जोडेको भारत तेस्रो, माल्दिभ्स चौथो र श्रीलंका पाँचौँ स्थानमा छ ।

‘काउन्टर अट्याक’को रणनीतिमा उत्रिएको नेपालले ३३औँ मिनेटमा सुमनको गोलबाट अग्रता लिएको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका दिएका थिए । सुमनले पाएको मौकामा आफुलाई प्रमाणित गरे ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.