अनुपम खेरले गरे पशुपतिनाथको दर्शन

  • ८६
  • मंगलवार, १९ आश्विन २०७८

काठमाडौं । फिल्म छायाँकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। आफूले पशुपतिको दर्शन गरेको जानकारी उनले ट्विट गर्दै दिएका छन् ।

खेरले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ।’ खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।

हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन्। खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो। टिममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायतका कलाकार रहेका छन् ।

खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२० औं फिल्म भएको जानकारी पनि दिएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.